Welcome to ACADEMIC DIARY
ADवि.सं.:

The Effective Role of Co-activity in Learning

सिकाइमा सह–क्रियाकलापको प्रभावकारी भूमिका            विषयप्रवेश                                                                           

ज्ञान र सीपसँग संबद्ध सामाजिक तथा व्यावहारिक विषय वस्तुका सूचनाहरू मनोरञ्जनात्मक तरिकाबाट आदान–प्रदान गर्न तथा बालबालिकाको सिकाइलाई स्थायी बनाउन सह–क्रियाकलापले अहम् भूमिका खेलेको पाइन्छ । बालबालिकाको चौतर्फी विकासका लागि सह–क्रियाकलापको व्यापकता अपरिहार्य देखिन्छ । अहिलेको संदर्भमा पाठ्यक्रमका सिकाइ उपलब्धि हासिल गराउँन दशौं विधि र सामग्रीमध्ये पाठ्यपुस्तक नमुनाको रूपमा एउटा सामग्री तथा विधि हुन सक्छ । जुन पाठ्यपुस्तक परम्परागत रूपमा हामीले विद्यालयमा पढाउँदै आइरहेका छौँ । जसमा पर्याप्त मात्रामा सह–क्रियाकलापका विधाहरूलाई समेट्न सकिएको पाइँदैन ।

 त्यसकारण पाठ्यपुस्तकबाट मात्र दिइने शिक्षा अपूर्ण हुन सक्दछ र बालबालिकाको चौतर्फी विकास हुन सक्दैन । यो अवस्थामा सह–क्रियालापको प्रयोग अत्यन्त महत्वपूर्ण हुने गर्दछ । सह–क्रियाकलापसिकाइका लागि मूलआधार बन्न सक्दछ । सह–क्रियाकलापभन्नाले नियमित पठनपाठन भन्दा फरक तर विद्यार्थीले विद्यालयमा सिक्ने अनुभवलाई थप सहयोग पुर्याउने क्रियाकलापहो । पाठ्यक्रमका सिकाइ उपलब्धि अर्थात् सामाजिक रहनसहन, घटना जस्ता विषयमा बाल साहित्यका विधालाई आधार बनाई विद्यालय अथवा विद्यालयबाहिर पनि बालबालिकाहरूलाई सह–क्रियाकलापगराउन सकिने छ । सह–क्रियाकलापगर्न शिक्षक तथा अभिभावकले वातावरण निर्माण गरिदिनु पर्दछ, अर्थात् सल्लाहकारको भूमिका निर्वाह गरिदिनु पर्दछ ।                                                                                            पाठ्यपुस्तकबाट मात्र दिइने शिक्षा अपूर्ण हुन सक्दछ बालबालिकाको चौतर्फी विकास हुन सक्दैन   यो अवस्थामा सहक्रियाकलापको प्रयोग अत्यन्त महत्वपूर्ण हुने गर्दछ  सहक्रियाकलापसिकाइका लागि मूलआधार बन्न सक्दछ

सिकाइ सह–क्रियाकलापगर्न सकिने विषयहरूसह–क्रियाकलापप्रयोगको विद्यमान अवस्था
सह–क्रियाकलापभन्नाले विद्यालयमा गरिने नियमित पठनपाठनका क्रियाकलापको अलावा सिकाइसँग सम्बन्धित पठनपाठनलाई सहयोग पुग्ने गरी गरिने अतिरिक्त क्रियाकलापहो । हालसम्म विद्यालयमा गरिने सह–क्रियाकलापलाई हेर्दा त्यति पर्याप्तता देखिँदैन । विद्यालयहरूले मन लागेको बखत हरेक शुक्रबार बाह्र बजेपछि एक घण्टा समय छुट्याएको पाइन्छ । त्यसमा पनि खेलकुदलाई प्राथमिकता दिइएको पाइन्छ । त्यसले गर्दा सबैखाले क्रियाकलापले स्थान पाउन सकेको देखिँदैन । स्थानीय स्तरमा खेलिने खेलहरूलाई सिकाइसँग जोडेर सह–क्रियाकलापगराउँदा विद्यार्थीको प्रतिभा प्रस्फुट हुन सक्ने कुरालाई विद्यालयहरूले ध्यान दिन नसकेको देखिन्छ ।

सिकाइमा सह–क्रियाकलापको आवश्यकता
– बालबालिकाको संवेगात्मक, बौद्धिक र सामाजिक सीपको विकास गर्न,
– बालबालिकाहरूको अन्तरनिहित क्षमता प्रस्फुटन गराउन,
– बालबालिकाहरूलाई सिर्जनशील, लगनशील, अनुशासित र आत्मविश्वासी बनाउन, मनोरञ्जनात्मक तरिकाबाट जीवनोपयोगी संस्कृति हस्तान्तरण गर्न,
– मनोरञ्जनात्मक विधिबाट व्यावहारिक सीपमा क्रियाशील बनाउन,
– समूहमा मिलेर काम गर्ने बानीको विकास गर्न,

सिकाइमा सह–क्रियाकलापको सिद्धान्त
– बालबालिकाको उमेर, रुचि र क्षमता पहिचान गरी विषय छनौट गरिनु पर्दछ ।
– शुरुमा छनौट गरिएको विधा सरल हुनुपर्दछ, ताकि बालबालिकाले क्रियाकलापगर्दा सहज महशुस गर्न सक्नुपर्दछ । विधाको स्तरलाई बिस्तारै सरलबाट जटिलतिर लैजानु पर्दछ ।
– शुरुमा छनौट गरिएको विषयवस्तु र विधा बालबालिकाको स्वअनुभवमा आधारित हुनुपर्दछ ।
– शुरुमा छनौट गरिएको विधाले बालबालिकाहरूमा पर्याप्त मनोरञ्जन प्रदान गर्न सक्नुपर्दछ । जसले गर्दा ती क्रियाकलापले निरन्तरता पाउँन सक्दछ ।
– सिकाइ विषय सह–क्रियाकलापलाई प्रतिस्पर्धात्मक नभई सहभागीमूलक बनाउनु पर्दछ ।
– बाल साहित्य सह–क्रियाकलापसञ्चालन गर्दा प्रजातान्त्रिक पद्धति अपनाइनु पर्दछ, ताकि कुनै पनि बालबालिका सहभागी हुनबाट वञ्चित हुन नपरोस् ।
– निर्धारित तथा स्वतन्त्र विधा र विषयवस्तुको प्रयोग ।

– खेलकुद
– स्थानीय खेलहरू
– गीत–संगीत, नृत्य
– नाटक अभिनय
– सिर्जनात्मक खेलहरू
– बालसाहित्य लेखन, वाचन र प्रकाशन
– हाजिरी जवाफ
– वादविवाद, वक्तृत्वकला
– क्यारिकेचर (नक्कल) गर्न
– चित्रकला
– हस्तकला

सिकाइ सह–क्रियाकलापसञ्चालन कसले र कसरी गराउन सकिन्छ ।
– स्रोत शिक्षकबाट विद्यालयमा
– कक्षागत बाल समूह निर्माण गरेर
– विद्यालय स्तरीय बालक्लव निर्माण गरेर
– टोल समाज स्तरीय बालक्लव गठन गरेर
-गाउँपालिका/नगरपालिकाका वडा स्तरीय र गाउँपालिका,नगरपालिका स्तरीय बाल सञ्जाल निर्माण गरेर
– जिल्ला स्तरीय बाल सञ्जाल निर्माण गरेर
– राष्ट्रिय स्तरमा बाल सञ्जाल गठन गरेर

सिकाइ सहसिर्जना सञ्चालन गर्न सकिने स्थानहरू
– विद्यालयमा कक्षागत तथा विधा र विषय हेरी विद्यालय समग्र रूपमा
– समुदायमा
– वडा स्तरमा
– गाउँपालिका नगरपालिका स्तरमा
– चाड पर्वको अवसरमा
– हाट मेलामा

सिकाइ सह–क्रियाकलाप सञ्चालन गर्ने विधि
– सहभागी उमेर, क्षमता र रुचि पहिचान गरी सहभागी निश्चित गर्ने ।
– सह–क्रियाकलापस्वतन्त्र हो वा निर्धारित विधा र विषय हो किटान गर्ने ।
– सह–क्रियाकलापसञ्चालन गर्न विधा अनुसार उपयुक्त स्थान छनौट गर्ने ।
– सह–क्रियाकलापका लागि आवश्यक सामग्री व्यवस्थापन गर्ने ।
– सबै सहभागीको प्रस्तुति सबै सहभागीले सहभागी भई हेर्ने सुन्ने र पढ्ने वातावरण सिर्जना गर्ने ।
– सह–क्रियाकलापसमाप्त भएपछि उत्पादित फोहोर व्यवस्थापन गर्ने ।

उदाहरण : १
बालकविता सह–क्रियाकलाप
सहभागी : कक्षा पाँच
विषय : स्वतन्त्र

सहजकर्ताबाट सहभागीहरूलाई कविता लेख्न उत्प्रेरित गर्दै आफूलाई मन पर्ने विषयमा कविता लेख्न निश्चित समय सहित निद्र्देशन दिने र आफूले पनि कविता लेख्ने ।

निर्धारित समय सकिएपछि क्रमबद्ध तरिकाले कविता वाचन गराउने । कविता जस्तो आउँछ त्यसलाई स्वीकार्ने र सकारात्मक तरिकाबाट पृष्ठपोषण दिई प्रोत्साहन स्वरूप स्याबासी दिने ।

सबैले कवितावाचन गरेपछि आफूले रचना गरेको कविता सुनाउने र सबैका कविता भित्ते पत्रिकामा प्रकाशन गर्ने अर्थात् पुस्तक बनाएर प्रकाशन गर्ने ।

उदाहरण : २
बालकथा वाचन सह–क्रियाकलाप
– बालकथा वाचन विद्यार्थी निश्चित गर्ने ।
– सहजकर्ताले नमूूना बालकथा वाचन गर्ने ।
– विद्यार्थीहरूलाई बालकथा पुस्तक वितरण गर्ने र कथावाचनको तयारीका लागि कथा पढ्ने समय दिने ।
– बालबालिका तयारी भएपश्चात् पालैसँग कथावाचन गराउने र प्रत्येक विद्यार्थीले कथावाचन गरिसकेपश्चात् सकारात्मक पृष्ठपोषण दिने ।

यसैगरी सह–क्रियाकलापका सम्पूर्ण विषयहरूलाई सञ्चालन गर्न सकिन्छ ।

निष्कर्ष
बालबालिकाको सिकाइमा सह–क्रियाकलापको मुख्य उद्देश्य बालबालिकाको अन्तर्निहित क्षमताको विकास गरी चौतर्फी सीप र क्षमता वृद्धि गराउनु हो । यसका लागि सिकाइ सह–क्रियाकलापको महत्वपूर्ण भूमिका रहेको हुन्छ । सिकाइ सह–क्रियाकलापविद्यालय तथा समुदायमा अभियानका रूपमा सञ्चालन गर्नु आजको आवश्यकता हो ।                                                                        

लेखक : उद्धवप्रसाद प्याकुरेल

Byएजुकेशन पाटी

                      

  • Related Posts

    कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२/०८३

    गुणस्तरीय शिक्षा र मापन ?

    One thought on “The Effective Role of Co-activity in Learning

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    कक्षा-९ अर्थाशास्त्र नमुना प्रश्नोत्तर ५-सेट

    • By admin
    • September 11, 2026
    • 41 views
    कक्षा-९ अर्थाशास्त्र नमुना प्रश्नोत्तर ५-सेट

    Class 6 and 8 Smart Classroom MCQ

    • By admin
    • September 10, 2026
    • 21 views
    Class 6 and 8 Smart Classroom MCQ

    Class 9 & 10 Science and Mathematics Online MCQS

    • By admin
    • September 10, 2026
    • 0 views
    Class 9 & 10 Science and Mathematics Online MCQS

    Class 4 and 5 iSmart Smart Classroom MCQ

    • By admin
    • September 10, 2026
    • 25 views
    Class 4 and 5 iSmart Smart Classroom MCQ

    Co-ordinate Graph Simulator Grade:- 5-7

    • By admin
    • August 29, 2026
    • 20 views
    Co-ordinate Graph Simulator Grade:- 5-7

    Science & TechnologyLesson plan Grade-9

    • By admin
    • August 24, 2026
    • 8 views
    Science & TechnologyLesson plan Grade-9
    error: Content is protected !!