Welcome to ACADEMIC DIARY
ADवि.सं.:

स्वास्थ्य जीवनका लागि स्वास्थ खाना

Comments:0Readers Count:2

डा.सन्तोष भुसाल

जीवन अनमोल एंव अवसरमय छ । हरेक मानिस आफ्नो जीवन सुखमय रुपमा ब्यतित गर्न चाहन्छ । सुख मय जीवनको लागि स्वस्थ प्रमुख आधार मानिन्छ र स्वस्थ्य रहन हाम्रो दैनिकीको महत्वपुर्ण भुमिका हुने गर्दछ । हामिले आचरण गर्ने बानी , दैनिक गरिने कामहरु एंव हामिले खाने खानाको ठुलो भुमिका हुने गर्दछ । आज हामी स्वस्थ हुन कस्तो खानाहरु खाने एंव कस्ता दैनिक क्रियाकलापहरु गर्दा उत्तम हुन्छ त भनेर जान्ने प्रयास गर्नेछौं । 

     खानामा के खाने त ?

खाना जीवन को आधार हो । खाना बिना जीवन सम्भव छैन । यति महत्वपुर्ण खानामा हामी कति सजग छौ त ? स्वयं प्रश्न गर्न सकिन्छ। बढ्दो शहरीकरण र ब्यस्त दैनिकिले हामीले खाने खानाको गुणस्तरमा कमि आएको हुन्छ। बाहिर बनाइएको खानाहरु बढी मात्रामा खाने बानीले स्वास्थलाई नकारात्मक असर गरि राखेको हुन्छ। स्वस्थ्यताको लागि कस्तो खाना हरु खाँदा गर्दा उचित हुन्छ त , आउनुहोस् यस बारेमा छलफल गरौं ः

१,खानामा गुलियो अर्थात् चिनीको मात्रामा कमि गर्ने
खानामा चिनी अर्थात गुलियो को मात्रा बढी प्रयोग गर्नु त्यति राम्रो मानिदैन । यसले प्रत्यक्ष रुपमा शरिरमा तौल बढाउने काम गर्दछ भने मुटु रोग , डाएबिटिज अर्थात सुगर रोगको कारण बन्न सक्दछ । त्यसैले खानामा कम चिनी प्रयोग गर्नु उचित मानिन्छ ।

२,नट्स खानु कस्तो मानिन्छ त ?
दैनिक रुपमा नट्स अर्थात बदाम काजु जस्ता फलहरुको प्रयोग गर्नु उत्तम हुन्छ । यस्ता फलमा फ्याटको मात्रा बढी हुने भएता पनि उक्त फ्याट कम हानिकारक मानिन्छ । यस्ता फल हरुमा भिटामिन इ र शरीर लाई आवस्यक पर्ने थुप्रै तत्व हरु पाइन्छ।

३, दैनिक रुपमा प्रयोग गरिने कफी कति स्वस्थ्यकर ?
हामीले दैनिक प्रयोग गर्ने कफी एकदमै स्वस्थ्यकर मानिन्छ ।यस मा पाइने एन्टिओक्सिडेन्ट ले मानिसको आयु सन्तुलन मा राख्ने , डाइबिटिज , अलजाइमर रोगहरुबाट बचाउने गर्द्छ ।
४,रेडिमेड खानामा कमि गरौ
सजिलै उपलब्ध हुने,बनाउने झन्झट नहुने हुदाँ सबैलाइ यस्ता खाने कुराले लोभ्याउनु कुनै आश्चर्य भएन तर यस्ता खाने कुराले चाहिँ स्वास्थलाई राम्रो गर्दैन ।यसले मोटोपना बढाउने , शरीरको रोगसंग लड्न सक्ने क्षमतामा कमि ल्याउने काम गर्दछ । त्यसैले यस्ता खाना र जुसहरु कम प्रयोग गर्नु पर्दछ।

५,स्वस्थ पेटका लागि कस्तो खाना खाने त ?
खानामा हरियो साग सब्जी,फलफूल को प्रशस्त प्रयोगले पेट सम्बन्धी समस्यामा धेरै कमि गर्नुका साथै यस सम्बन्धि लाग्ने गम्भीर प्रकारका रोगबाट मुक्त हुनसकिन्छ । खाना सन्तुलन राख्ने मानिसलाई प्राय कमै पेटका समस्या देखिने गर्दछ । एक्युट ग्यास्ट्राइटिस ,आइबिस , पाइल्स, क्यान्सर जस्ता रोगहरुमा स्वस्थ खानाले धेरै कमि ल्याउने गर्द्छ।

६,पानीको प्रशस्त प्रयोग
पानी निकै लाभदायक मानिन्छ। पानि खाइराख्ने बानिले शरीरमा उर्जा को बिकास गर्दछ भने पिसाब मृगौला सम्बन्धी , पेटको रोग हरुमा कमि ल्याउने गर्दछ। बिशेष गरि खाना खाने पूर्व र बिहान खाली पेटमा पिउने पानी स्वस्थ्यकर मानिन्छ ।

७,माछामासु

मासु भन्दा माछा स्वस्थ मानिन्छ ।यसमा मुटु र रक्त प्रणाली मा आवस्यक पर्ने तत्व पाइन्छ। माछा मासुे प्रयोग गर्दा चिल्लो कम गर्ने , नडडाउने गरि पकाउने गर्नुपर्दछ

८,घाममा बस्ने बानी
घाममा बस्ने बानीको फाइदा र बेफाइदा दुबै छन।बिहानी पखको घाममा बस्ने बानिले शरीरलाई आवश्यक पर्ने भिटामिन डि पाइन्छ भने चर्को घामले शरीरमा छाला सम्बन्धि असरहरु गर्न सक्दछ ।
९,मादक पदार्थ को प्रयोग
चुरोट , रक्सी जस्ता मादक पदार्थको प्रयोग कम गर्नुपर्दछ । यसले कलेजो फोक्सो मात्र होइन सम्पुर्ण शरीरलाई स्वस्थ्य राख्नु को साथ साथै रोग सङ लड्ने क्षमताको बिकास गर्दछ ।
१०,शारीरिक क्रियाकलाप
उमेर , तौल , रोगहरु तथा आफ्नो क्षमता अनुसार सामन्य दैनिक शारीरिक क्रियाकलापहरु गर्नु पर्दछ।यसले रक्तसञ्चारको बिकास गर्दछ भने हामिलाइ उर्जाशिल बनाउँदछ । मुटु सम्बन्धि रोगहरुमा कमि ल्याउन मद्दत गर्दछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

0 प्रतिक्रियाहरू
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
  • Related Posts

    कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२/०८३

    गुणस्तरीय शिक्षा र मापन ?

    You Missed

    Co-ordinate Graph Simulator Grade:- 5-7

    • By admin
    • August 29, 2026
    • 12 views
    Co-ordinate Graph Simulator Grade:- 5-7

    Science & TechnologyLesson plan Grade-9

    • By admin
    • August 24, 2026
    • 6 views
    Science & TechnologyLesson plan Grade-9

    Dynamic Lesson plan Social Study Grade -6-10

    • By admin
    • August 20, 2026
    • 8 views
    Dynamic Lesson plan Social Study Grade -6-10

    Mathematics Lesson Plan Grade-6-10

    • By admin
    • August 19, 2026
    • 6 views
    Mathematics Lesson Plan Grade-6-10

    Quiz Competition Simulation

    • By admin
    • August 16, 2026
    • 7 views
    Quiz Competition Simulation

    The Four Magic Operations(Addition,Subtraction,Multiplication and Division)Grade-3

    • By admin
    • August 15, 2026
    • 2 views
    The Four Magic Operations(Addition,Subtraction,Multiplication and Division)Grade-3
    error: Content is protected !!