💧

क्षमता | Capacity

कक्षा २ · Nepal CDC · मेरो गणित

★ Created by R.P. Pandey · www.rpp.com.np · क्षमता (Capacity) · कक्षा २ · Interactive Learning Simulation · Play · Observe · Discover ★
👀 अवलोकन

💧 म र मेरो परिवार · क्षमता

हाम्रो परिवारमा आमा, बुबा, दाइ र म सहित चार जना छौं। हामी विद्यालयबाट घर फर्केपछि खाजा खान्छौं। आमालाई पानी भर्न सघाउँछौं।

म रित्तो सानो घैँटोलाई धारामा थापेर पानी भरिदिन्छु। त्यसपछि दाइले भरिएको सानो घैँटोको पानी घरमा लगेको ठुलो घैँटामा खन्याउनुहुन्छ। सानो घैँटामा पाँच पटक पानी ल्याएर खन्याएपछि ठुलो घैँटो भरिन्छ।

🤔 सोचौं · अनुमान

दुईओटा गिलासमा सुन्तलाको जुस देखाइएको छ। कुन गिलासमा बढी जुस होला?

पहिलो
दोस्रो
के सिक्यौं?

गिलासको आकार फरक भए पनि भित्रको तरल पदार्थको मात्रा फरक हुन सक्छ। हामी आँखाले मात्र अनुमान गर्छौं, तर जाँच गरेर निश्चित गर्नुपर्छ।