साधारण ब्याज
Simple Interest
बैंक कारोबार, सहकारी संस्था र दैनिक जीवनमा प्रयोग हुने साधारण ब्याजको अवधारणालाई रमाइलो र प्रयोगात्मक तरिकाले सिक्नका लागि तयार पारिएको शैक्षिक सिमुलेटर।
सिकाइ उपलब्धिहरू (Learning Objectives)
१. अवधारणात्मक बुझाइ (Concept)
साँवा (Principal), समय (Time), ब्याजदर (Rate) र ब्याज (Interest) बिचको वित्तीय सम्बन्धलाई व्यावहारिक रूपमा महसुस गर्ने।
२. समस्या समाधान र व्यावहारिक प्रयोग
साधारण ब्याज सम्बन्धी गणितीय समस्याहरू सूत्रको प्रयोग गरी छिटो र शुद्ध तरिकाले समाधान गर्न सक्षम बन्ने।
साधारण ब्याज भनेको के हो? (Introduction)
यदि कसैले बैंक वा सहकारीबाट ऋण लिन्छ वा बैंकमा पैसा जम्मा गर्छ भने, त्यो चलाए बापत थप पैसा तिर्नुपर्छ वा पाइन्छ। त्यसलाई ब्याज (Interest) भनिन्छ।
साधारण ब्याज केवल मूल साँवा (Original Principal) मा मात्र निश्चित समयका लागि तोकिएको दरमा निकालिन्छ। यसको मान प्रत्येक वर्ष समान हुन्छ।
🌾 वास्तविक व्यावहारिक उदाहरणहरू
मुख्य शब्दावलीहरू (Basic Terms)
सिकाईका शब्दावली छान्नहोस्
माथि दिएका P, T, R, I, A शब्दावलीहरूमा क्लिक गरेर तिनीहरूको नेपाली र अंग्रेजी परिभाषा तथा व्यावहारिक अर्थ बुझ्न सक्नुहुन्छ।
साधारण ब्याजको सुत्र (The Formula)
यहाँ I = साधारण ब्याज, P = साँवा, T = समय (वर्षमा), र R = ब्याजदर % हो।
🧮 ब्याजदर लाइभ सिमुलेटर (Calculator)
उदाहरण १ (Worked Example 1)
रु. ५,००० को १०% साधारण ब्याजदरले २ वर्षको ब्याज र मिश्रधन कति होला?
Find the Simple Interest and Amount on Rs. 5000 at 10% per annum for 2 years.
दिएको विवरण (Given):
समाधान चरणहरू (Solution Steps):
उदाहरण २ (Worked Example 2)
सिर्जनाले आफ्नो छात्रवृत्ति कोषको रु. १०,००० बैंकमा ५% ब्याजदरमा ३ वर्षका लागि मुद्दती खातामा जम्मा गरिन्। ३ वर्षपछि उनले जम्मा कति फिर्ता पाउनेछिन्?
Sirjana deposited her Rs. 10,000 scholarship money in a bank at 5% simple interest per annum for 3 years. How much total amount will she receive?
समय परिपक्वता सिमुलेटर (Time Timeline)
गणितीय गणना (Mathematical Formula):
अभ्यासका प्रश्नहरू (Practical Problem Set)
रु. २,००० को ५% साधारण ब्याजदरले ३ वर्षको साधारण ब्याज निकाल्नुहोस्।
एक कृषकले रु. १,५०० को १२% ब्याजदरमा २ वर्षका लागि ऋण लिएछन्। सो अवधिको जम्मा मिश्रधन कति होला?
यदि ब्याज रु. ४५०, साँवा रु. ५,००० र दर ९% भए आवश्यक समय कति वर्ष होला?
५ वर्षका लागि ८% ब्याजदरमा ब्याज रु. ४०० प्राप्त गर्न कति रकम साँवा आवश्यक पर्ला?
क्विज खण्ड (Interactive Quiz Suite)
साधारण ब्याज विशेषज्ञ मुल्यांकन
१५ रोचक प्रश्नहरूको सही उत्तर मिलाउनुहोस् र डिजिटल ब्याज मास्टर प्रमाणपत्र प्राप्त गर्नुहोस्।
बधाई छ! तपाईले सफलतापूर्वक क्विज पूरा गर्नुभयो।
साधारण ब्याजको अवधारणा तथा यसका व्यावहारिक समस्याहरू समाधान गर्न तपाई सक्षम बन्नुभएको छ।
व्यावहारिक क्षेत्रहरू (Real-Life Application)
१. कृषि कर्जा
स्थानीय स्तरका सहकारी वा बैंकले कृषकहरूलाई रासायनिक मल, बिउबिजन, र उपकरण खरिदका लागि सहुलियत ब्याजदरमा ऋण प्रवाह गर्छन्।
२. बैंक बचत
बालबालिका तथा वयस्कहरूले आफ्नो कमाइ बचत खाता वा मुद्दती निक्षेपमा राखेर वार्षिक तोकिएको ब्याज प्राप्त गर्छन्।
३. शैक्षिक ऋण
उच्च शिक्षा अध्ययन गर्न चाहने जेहेन्दार विद्यार्थीहरूका लागि सरकार र बैंकले निकै कम ब्याजदरमा शैक्षिक कर्जा उपलब्ध गराउँछन्।
४. साना उद्योग
स्थानीय स्तरमा घरेलु तथा साना व्यवसाय विस्तारका लागि महिला बचत तथा विभिन्न सहकारी संस्थाले विना धितो सहुलियत ब्याजदरमा लगानी गर्छन्।
महत्वपूर्ण सारांश (Summary & Shortcuts)
📐 ब्याज सुत्रका विभिन्न रुपहरू (Derived Formulas)
⚡ द्रुत गणितीय सर्टकट ट्रिक (Shortcut Trick)
यदि कुनै साँवा निश्चित समयमा साधारण ब्याजदरले दोब्बर (Double) हुन जान्छ भने, उक्त समय वा दर निकाल्न सीधा सूत्र प्रयोग गर्न सकिन्छ:
*यो सामान्यतया केवल साँवा दोब्बर हुने अवस्थाका लागि मात्र लागू हुन्छ।
धन्यवाद !
Keep Learning Mathematics
“गणित केवल सुत्रहरूको संग्रह होइन, यो त दैनिक जीवनका वित्तीय कारोबारहरू बुझ्ने र विश्लेष्णात्मक सोच विकास गर्ने माध्यम हो।”
🏆 कक्षा-८ ब्याज मास्टर प्रमाणपत्र जेनेरेटर
श्याम कुमार
साधारण ब्याज (Simple Interest) को यस प्रयोगात्मक सिमुलेशन सफलतापूर्वक सम्पन्न गरेकोमा यो ब्याज प्रदान गरिन्छ।