०. संख्या प्रणालीको ऐतिहासिक पृष्ठभूमि
१०
Decimal (Base 10)
दशमलव प्रणालीको उत्पत्ति प्राचीन भारतबाट भएको मानिन्छ। यो प्रणाली मानिसको हातका दस औंलाहरूमा आधारित छ। यसलाई "हिन्दू-अरबी अंक प्रणाली" पनि भनिन्छ।
०१
Binary (Base 2)
द्वि-आधार संख्या प्रणाली कम्प्युटर र डिजिटल प्रविधि यही '०' र '१' को संकेतमा आधारित छ। १७औं शताब्दीमा लेबनिट्जले यसलाई आधुनिक रूप दिए।
०५
Quinary (Base 5)
पञ्च-आधार प्रणाली एउटा हातका पाँच औंलाहरू गनेर सुरु भएको हो। यो प्रणालीमा ० देखि ४ सम्मका अंकहरू मात्र प्रयोग गरिन्छ।